FAQs Complain Problems

थप चार वटा वडामा राहत सामाग्री

थप चार वटा वडामा राहत सामाग्री

हेटौंडा  उपमहानगरपालिकाले राहत वितरणको कार्यक्रम अनुसार आज थप चार वटा वडामा राहत पठाएको छ । हेटौंडाको वडा नम्बर २ मा २ सय ५० परिवार, वडा नम्बर १० मा ३ सय परिवार, वडा नम्बर ९ मा ३ सय परिवार र वडा नम्बर १७ मा २ सय ६५ परिवारलाई राहत पठाइएको उपमहानगरपाकिलाका मेयर हरिबहादुर महतले वताउनुभयो । राहत वितरणको अभियान निरन्तर रुपमा अरु बाँकी वडाहरुमा पनि पठाइने  छ।   पहिलो चरणको रातह वितरण गरिसकेको उपमहानगरपालिकाले दोस्रो चरणमा दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरण गर्ने तयारी थालेको हो । कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण सरकारले दुईसाता अघिदेखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई खानाका लागि समस्या हुने भन्दै अव दोस्रो चरणमा राहत वितरण गर्न लागेको हो ।

बिपद कोषमा प्याप्सनको २ लाख सहयोग

  निजी तथा अआवसीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको कोरोना भाइरस विपद् कोषमा २ लाख एक हजार रुपैँया सहयोग उपलब्ध गराएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्नको लागि देश लकडाउनको अवस्थामा रहेको भन्दै प्याब्सन मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई सहयोग रकम उपलव्ध गराएको हो । उपमहानगरपालिका मार्फत समस्यामा परेका ब्यक्तिाई राहत उपलब्ध गराईउनको लागि प्याप्सन मकवानपुरका कार्यबाहक अध्यक्ष विनोद सुवेदीले मेयर महत, उपमेयर मिना कुमारी लामा, लगायतकालाई रकम उपलव्ध गराउनुभयो । उपमहानगरपालिकाले आजै विपद् कोषमा रकम जम्मा गरेको छ ।