FAQs Complain Problems

हाल सम्म २०४६ जनाको पि.सि.आर. टेष्ट सम्पन्न

हाल सम्म २०४६ जनाको पि.सि.आर. टेष्ट सम्पन्न

आज मिति २०७७ साल श्रावण २६  गते सम्म यस हेटौंडा उपमहानगरपालिका वार्ड नं.०४ कर्रा स्थित कोभिड १९ संक्रमण रोकथाम गर्न स्थापित आईसोलेसन वार्डबाट२०४६ जनाले सेवा लिनुभएको छ जस मध्य आज सम्म ६४ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। हाल २८ जना निको भई  डिस्चार्ज भैसकेको छ, साथै २ जना होम आईसोलेसनमा बस्नु भएको छ भने ३४ जना वार्ड नं.०४ कर्रा स्थित कोभिड १९ संक्रमण रोकथाम गर्न स्थापित आईसोलेसनमा सेवा लिईरहनु भएको छ भने बागमती प्रदेश राजधानीमा  हेटौंडामा संचालित कोभिड प्रयोगशालामा हाल सम्म १४३८७ जनाको स्वाब परीक्षण भैसकेको छ। हालको अबस्थामा थप जोखिम नबढोस भन्नाको लागि दैनिक रूपमा सामाजिमक कायम गर्ने, मास्क प्रयोग गर्ने र नियमित हातधुने जस्ता गतिबिधि हरु माईकिङ्ग मार्फत प्रचार प्रसार गर्ने कार्य र संक्रमित स्थानमा (डिस ईन्फेक्टेड) छर्ने कार्य निरन्तर रुपमा  भैरहेको छ।