हेटौडा नगरपालिका एक परिचय
'हेडम्वा' र शक्ति स्वरुपिणी माता भुटनदेवीको ऐतिहासिक तथा धार्मिक पृष्ठमूमिमा मानव बसोबासको लागि योग्य शहरको आधारभूत पूर्वाधार संरचना तथा भौतिक विकासको गतिमा अगाडि बढिरहेको 'हेटौंडा' अधिराज्यका २ राष्ट्रिय राजमार्गहरु महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगमस्थलमा अवस्थित छ । मध्यमाञ्चल विकासक्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा नेपालको मध्य भागमा रहेको हेटौंडालाई वि.स. २०२६ सालमा नगर पञ्चायत घोषणा गरिएको थियो ।
हेटौंडाका प्रमुख विशेषताहरुः
- देशको प्रमुख २ राजमार्ग महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको संगमस्थल,
- राजधानीबाट १३२ कि.मी. दक्षिण दूरीमा अवस्थित,
- चुरे र महाभारत पर्वतको फेदीमा अवस्थित, उष्ण तथा समशितोष्ण हावापानी,
- मकवानपुर जिल्लाको सदरमुकाम,
- देशको तेश्रो ठूलो औद्यौगिक नगर,
- भारतसंगको प्रमुख नाका बीरजन्गसंग राजधानी जोड्ने एक मात्र द्वार ।
- उचाईः समुद्र सतहबाट ३०० देखि ३९० मिटर उचाइमा अवस्थित,
- प्रशासनिक विभाजन अनुसार वडा संख्याः ११
- क्षेत्रफलः ४४.५० वर्ग कि.मी.
- वन जंगलः २३ प्रतिशत
- कृषि क्षेत्रः ४५ प्रतिशत
- आवास क्षेत्रः ११ प्रतिशत
- औद्यौगिक क्षेत्रः १० प्रतिशत
- शहरी क्षेत्रः ७ प्रतिशत
- अन्यः ४ प्रतिशत
- पूर्वः हटिया गा.वि.स.
- पश्चिमः बसामाडि गा.वि.स.
- उत्तरः मकवानपुरगढी र भैंसे गा.वि.स.
- दक्षिणः चुरियामाइ र पदमपोखरी गा.वि.स.
- राप्ती
- कर्रा
- सामरी


नेपालीहरुको महान चाड शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा समस्त नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना.....