न.पा सञ्चालन निर्देशिका
नगरपालिका क्षेत्रीय अध्ययन केन्द्र
हेटौंडा
संञ्चालन निर्देशिका २०६३
Municipal Regional Centre
Hetauda
(Operating Guideline)
प्रस्तावना
एकाइसौ शताव्दीमा कुनै पनि विकासका लक्ष्यहरु प्राप्त गर्न सोही अनुरुपको शिपयुक्त र दक्ष जनशक्तिकको आवश्यकता पर्दछ । नीति निर्माताहरु जव कुनै योजना वा कार्यक्रम तर्जुमा गर्न अथवा व्यवस्थापकहरु त्यस्ता कार्यक्रमहरुकको कार्यान्वयन गर्न रणनिति तय गर्न बस्छन, त्यस बखत आफु संलग्न संस्थामा कार्यरत दक्ष र शिपयुक्त जनशक्तिको उपलव्धतालाई बिशेष रुपमा ध्यान दिनु पर्ने हुन्छ र यस अवस्थामा हामीलाई मानव संसाधनको अवस्थाको सूचना आवश्यकता पर्ने गर्दछ । त्यसै गरी कुनै पनि संस्थाको लक्षित उद्देश्य पुस्प्तिका लागि त्यहां कार्यरत मानव संसाधन अर्थात जनशक्तिलाई सोही अनुसार सवल, सक्षम र साधन श्रोतबाट सुसज्जित बनाउन र समय सापेक्ष सूचना श्रोतमाथीको पहुंच बनाउन अनुभवहरुको आदान प्रदान, एक अर्काबाट सिकाई तथा नयां नयां प्रविधि तथा शीप सम्बन्धमा समयानुकुल तालीमको पनि आवश्यकता पर्दछ । यसका लागि नवीन ज्ञान र सीप हासिल गर्न, आफुसंग भएका ज्ञान र सीप अरुसंग बाडंचुंड गर्ने संस्कार र माताको विकास अहिलेको आवश्यकता भई सकेको छ तर बिद्यमान परिवेसमा श्रोतसाधनको अपर्याप्तता, पहुंचमा कमी आदिको अवस्था भएतापनि नगरपालिकाहरु आ-आफनो भू भौगोलिक परिवेसको आधारमा मौलिक पहिचानयुक्त प्रयासबाट थुप्रै नमुनालायक कामहरु सम्पादन गर्न सफल भएका छन तर त्यस्ता कामहरु सम्बन्धी सूचना सम्प्रेषण गर्ने उपयुक्त संयन्त्र वा निकायको अभावमा थोरै लगानीबाट पनि धेरै लाभ लिन पाउन सकिने अवस्थाबाट बन्चित हुनु परिरहेको तथ्यलाई महशुस गरी यस क्षेत्रका नगरपालिकाहरुले आफना प्रयासलाई अझ एकिकृत गर्राई सामुहिक हितका लागि त्यस्ता सूचना तथा प्रयोगहरुको अधिकतम उपयोग गरी कार्यरत मानव श्रोतसाधनलाई दक्ष बनाउन र यसका लागि सक्षम नेतृत्व विकास गर्न नगरपालिकाको सागठनिक मूल्य र मान्यताको सुदृढीकरणका लागि मध्यमान्चल क्षेत्र भित्र उपत्यका वाहेकका नगरपालिकाहरुलाई भौगोलिक तथा अन्य रुपमा समेत पायक पर्ने हेटौडामा नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रको स्थापना गर्न बान्छनीय भएकोले साविकमा हेटडा नगरपालिका, गाउं विकास समिति तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा संचालित मानव संसाधन बिकास केन्द्रलाईनै यस क्षेत्रमा रहेका सवै नगरपालिकाहरुको साझा मंचको रुपमा नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रको रुपमा रुपान्तरण गर्ने पहल हेटौडा नगरपालिकाले गरेको छ ।
अध्ययन केन्द्रको स्थापना मात्र ठुलो कुरा नभई यसको प्रभावकारी संचालन र व्यवस्थापनवाट नगरपालिकाहरुले अधिकतम लाभ लिन सकेमा मात्र यसको औचित्य पुष्टि हुने हुंदा समान सहभागिता र समान लाभको नीति अनुरुप यस केन्द्रको संचालन र व्यवस्थापनमा समेत केन्द्रसंग आवद्द नगरपालिकाहरुले अपनत्वको भावनाबाट अभिप्रेरित हुन सकियोस भन्ने उदेश्यले मिति २०६२/०६/१४ गते सम्पन्न यस क्षेत्रका नगरपालिकाहरुको प्रमुख तथा कार्यकारी अधिकृतहरुको गोष्ठीको सहमति अनुसार यो नगरपालिका क्षेत्रीय अध्ययन केन्द्र, हेटौडा संचालन निर्देशिका, २०६२ तर्जुमा गरिएको छ ।
खण्ड १
संक्षिप्त नाम र प्रारम्भ
१. नाम : यस निर्देशिकाको नाम नगरपालिका क्षेत्रीय अध्ययन केन्द्र, हेटौडा, संचालन निर्देशिका, २०६२ Municipal Regional Learning Center, Hetauda, Operating Guideline,2005 रहनेछ ।
२. केन्द्र रहने स्थानः यस नगरपालिका क्षेत्रीय अध्ययन केन्द्, हेटौडा नगरपालिका कार्यालय मातहतमा रहेको भवनमा स्थापना हुनेछ।
३. निर्देशिकाको प्रारम्भ यो निर्देशिका यस अध्ययन केन्द्संग आवद्द सवै नगरपालिकाहरुबाट अनुमोदन भई स्थानीय विकास मन्त्रालयको सहमति प्राप्त भए पछि लागु हुनेछ ।
४.केन्द्रमा आवद्ध नगरपालिकाहरुः क्षेत्रीय अध्ययन केन्द्र, हेटौंडा अर्न्तगत हाललाई निम्न नगरपालिकाहरु आवद्द रहने छन् ।
| क्र.सं | नगरपालिका | जिल्ला | अञ्चल |
| १ | जनकपुर नगरपालीका | धनुषा | जनकपुर |
| २ | जलेश्वर नगरपालीका | महोत्तरी | जनकपुर |
| ३ | कमलामई नगरपालीका | सिन्धुली | जनकपुर |
| ४ | कलैया नगरपालीका | वारा | नारायणी |
| ५ | वीरगञ्ज उपमहानगरपालिका | पर्सा | नारायणी |
| ६ | गौर नगरपालिका | गौर | नारायणी |
| ७ | मलगंवा नगरपालिका | सर्लाही | सगरमाथा |
| ८ | रत्ननगर नगरपालिका | चितवन | नारायणी |
| ९ | भरतपुर नगरपालिका | चितवन | नारायणी |
| १० | हेटौडा नगरपालिका | मकवानपुर | नारायणी |
५. यस केन्द्रसंग आवद्ध न.पा.हरुले केन्द्र मार्फत मुख्यतः निम्न विषयमा सहयोग तथा अनुभवहरु आदान प्रदान गर्न सक्नेछन् ।
क) शहरी तथा वातावरणीय योजना तर्जुमा र बिकास
ख) संगठन बिकास तथा जनशक्ति व्यवस्थापन
ग) शहरी गरिवी न्यूनीकरण
घ) श्रोत परिचालन र व्यवस्थापन
ङ) वातावरणा तथा सरसफाई व्यवस्थापन
च) योजना तर्जुमा, निर्माण कार्यान्वयन र व्यवस्थापन
छ) समुदाय बिकास तथा सीप बिकास प्रवर्दन
ज) कम्प्यूटर प्रविधि सफ्टवेयर सूचना संजाल
६. केन्द्रले उल्लेखित विषयहरुमा आवद्द नगरपालिकाहरुको माग र आवश्यकता अनुरुप केन्द्रमै अथवा माग गर्ने नगरपालिका मै गएर (Experience Sharing) कार्यक्रमहरु संचालन गर्नेछ ।
७. आवद्द नगरपालिका बाहेक अन्य न.पा. तथा गा.वि.स.हरुबाट समेत कुनै शिक्षा वा अनुभव आदान प्रदान कार्यक्रमहरुको माग भई आएको खण्डमा केन्द्रले यस निर्देशिका बमोजिम लाग्ने दस्तुर लिई कार्यक्रम संचालन गर्न सक्नेछ ।
८. आवद्द नगरपालिकाहरुका लागि आवश्यक हुने अध्ययन वा शिक्षा कार्यको तयारी केन्द्रले नगरपालिकाहरुसंग समन्वय गरी गर्नेछ ।
खण्ड २
आवद्दता शुल्क सम्वन्धी व्यवस्था
९. केन्द्रसंग आवद्द नगरपालिकाहरुले केन्द्रबाट सेवा प्राप्त गर्न देहाय वोजिमको वाषिर्क आवद्दता शुल्क वुझाउनु पर्नेछ । सो रकम क्षेत्रीय अध्ययन केन्द्को कोषमा जम्मा गरिनेछ ।
क) उपपहानगरपालिकाको लागि रु. २५,०००/-
ख) रु. २ करोड भन्दा वढी स्थानिय बिकास शुल्क प्राप्त गर्ने न.पा.हरुका लागि रु. २०,०००
ग) रु. १ करोड भन्दा बढी स्थानिय बिकास शुल्क प्राप्त गर्ने न.पा.हरुका लागि रु. १५,०००।
घ) रु. १ करोड भन्दा कम स्थानीय बिकास शुल्क प्राप्त गर्ने न.पा.हरुका लागि रु. १०,०००।
त्यसरी प्राप्त हुन आउने रकम संचालक समितिको निर्णय अनुसार खर्च गरिनेछ ।
१०. आवद्द न.पा.हरुले आवश्यकता अनुसार केन्द्रको अग्रसरतामा कम्तिमा बाषिर्क एउटा कार्यक्रम संचालन गरिनेछ । त्यसरी संचालन गरिने कार्यक्रममा लाग्ने कूल खर्चको ९० प्रतिशत रकम सम्वन्धित नगरपालिकाले र १० प्रतिशत रकम केन्द्रले व्यहोर्नु पर्नेछ ।
११. केन्द्रको संचालनका लागि निर्देशक समितिको निर्णय बमोजिम आवश्यकता अनुसार कर्मचारीहरुको व्यवस्था गर्न सक्नेछ। यसरी तोकिएका कर्मचारीको तलब भत्ता निर्देशक समितिले तोके बमोजिम हुनेछ ।
१२. केन्द्र मार्फत संचालन गरिने Training हरुमा संलग्न प्रशिक्षकको पारिश्रमिक प्राप्ति कक्षा प्रशिक्षण) न्यूनतम रु. ५००- देखि अधिकतम रु. २००० - सम्मको परिधिभित्र रही संचालक समितिको निर्णय अनुसार निर्धारण हुनेछ ।
१३. केन्द्रद्धारा आयोजना गरिने कुनैपनि शिक्षा कार्यक्रमहरुमा सहभागी हुने सहभागिहरुका लागि संचालक समितिले तोके बमोजिम शुल्क लिईनेछ।
खण्ड ३
निर्देशक समिति तथा संचालक समिति सम्बन्धी व्यवस्था
१४. केन्द्रलाई नीतिगत रुपमा मार्ग निर्देशित गर्न देहाय बमोजिमको सदस्यहरु रहेको नगरपालिका क्षेत्रीय अध्ययन केन्द्र, हेटौंडा निर्देर्शक समिति को गठन गरिनेछ ।
- यस निर्देशिकाको खण्ड १ को ४ मा उल्लेखित आवद्द नगरपालिकाहरुका नगर प्रमुखहरु ।
- हेटौंडा नगरपालिकाका कार्यकारी अधिकृत पदेन सदस्य सचिव रहने छन् ।
१५. निर्देशक समितिको काम, कर्तव्य र अधिकार देहाय वमोजिमको हुनेछ ।
क) केन्द्रको बाषिर्क बजेट स्वीकृत गर्ने र खर्च अनुमोदन गर्ने ।
ख) संचालक समितिको सदस्य चयन गर्ने ।
ग) केन्द्रको लागि नीति निर्देशन तयार गर्ने र पारीत गर्ने ।
घ) केन्द्रको उद्देश्य प्राप्तीका लागि संचालक समितिलाई आवश्यक नीति निर्देशन तथा अधिकार प्रत्यायोजन गर्ने।
ङ) केन्द्रको उद्देश्य विपरीत कार्य गर्ने आवद्द न.पा.हरुलाई आवश्यक कार्यवाहीको लागि सम्बन्धित नगरपालिकामा लेखि पठाउने ।
च) केन्द्रका लागि आवश्यक कर्मचारीहरुको व्यवस्था गर्ने ।
छ) केन्द्रसंग सम्बन्धित कर्मचारीहरुको सेवा सुविधा तोक्ने गर्ने ।
१६. निर्देशक समितिको अध्यक्षता समितिको वैठक वस्ने न.पा.का प्रमुखले अर्को वैठक नवसेसम्मका लागि गर्नु पर्नेछ ।समितिको बैठक प्रत्येक ६/६ महिनामा एक पटक बस्नेछ र बैठक बस्ने स्थान आवद्द नगरपालिकहरुमा आलोपालो गरी बस्न सकिनेछ ।
१७. केन्द्र संचालनका लागि कार्यकारी निकायको रुपमा निम्न वमोजिमको संचालक समितिको गठन गरिनेछ।
क) हेटौंडा नगरपालिकाका कार्यकारी अधिकृत संयोजक
ख) केन्द्रसंग आवद्द न.पा.का कार्यकारी अधिकृतहरु सदस्य
ग) केन्द्र प्रमुखको रुपमा कार्यरत अधिकृत सदस्य सचिव
१८. संचालक समितिको काम कर्तव्य अधिकार देहाय वमोजिम हुनेछ ।
क) केन्द्रको निर्देशिका वमोजिम आवद्द नगरपालिकाहरुमा संचालन गरिने क्षमता अभिबृद्दिसंग सम्बन्धित कार्यक्रमहरुको अनुगमन गर्ने ।
ख) केन्द्रको वाषिर्क आय व्यय तर्जुमा गरी निर्देशक समितिमा पेश गर्ने ।
ग) लेखापरीक्षण गर्ने गराउने ।
घ) आवद्द न.पा. हरुलाई प्राविधिक र अन्य आवश्यक सहयोग गर्ने ।
ङ) निर्देशक समितिले गरेका निर्णयरु कार्यान्वयन गर्ने ।
च) अन्य आवश्यक कार्यहरु गर्ने ।
१९. संचालक समितिको वैठक कम्तिमा चार महिनामा एक पटक र आवश्यकता अनुसार वस्नेछ । उक्त वैठकमा निर्देशक समितिका संयोजक, स्थानीय विकास मन्त्रालयका प्रतिनिधि, बिभिन्न दातृ निकायका प्रतिनिधि, नगर विकास शिक्षा केन्द्र, स्थानीय विकास शिक्षा प्रतिष्ठानका प्रतिनिधि, नेपाल नगरपालिका संघका प्रतिनिधि र सम्बन्धित जि.वि.स.का सभापति समेतलाई आमन्त्रित गर्न सक्नेछ ।
खण्ड -४
कोष सम्वन्धी व्यवस्था
२०. क्षेत्रीय अध्ययन केन्द्रको आफनो छुट्टे कोष रहनेछ । उक्त कोषमा देहाय वमोजिमको रकम जम्मा हुनेछ ।
क) आवद्द नगरपालिकाहरुबाट प्राप्त बाषिर्क आवद्दता शुल्क ।
ख) तालिम संचालन गर्दा प्राप्त दस्तुर ।
ग) दातृ संस्थाहरुवाट प्राप्त रकम ।
घ) श्री ५ को सरकारबाट अध्ययन केन्द्रलाई प्राप्त हुने रकम ।
ङ) अध्ययन केन्द्रको भवन तथा उपकरणहरु प्रयोग गरे वापतको प्राप्त हुने शुल्कहरु ।
२१. केन्द्रको खाता संचालन संचालक समितिका संयोजक र सदस्य सचिवको संयूक्त दस्तखतबाट हुनेछ ।
२२. केन्द्रको वाषिर्क रुपमा नियमानुसार लेखा परिक्षण गर्राई सोको प्रतिवेदन सवै आवद्द नगरपालिकाहरुमा जानकारीको लागि पठाउनु पर्नेछ र आवश्यकता अनुसार र्सार्वजनिक समेत गर्नु पर्नेछ । वाषिर्क लेखा परीक्षण प्रतिवेदन तथा वाषिर्क प्रगति विवरण र्सार्वजनिक गर्नु भन्दा पहिले आवद्द नगरपालिकाहरुको राय प्रतिकृया समेत संकलन गर्नु पर्नेछ ।
खण्ड ५
विविध
२३. केन्द्रमा उपलव्ध साधन र स्रोत अन्य संघ संस्था वा निकायले प्रयोग गरे वापत देहाय वमोजिमको शुल्क लाग्नेछ ।
क) शिक्षा कक्षा प्रतिदिन रु १,०००/-
ख) समूह कार्यको लागि वेग्लै कार्यकक्ष उपलव्ध गराए वापत प्राप्ति कार्यकक्ष दैनिक रु. २००/-
ग) केन्द्रको कम्प्यूटर प्रयोग गरेवापत प्रतिदिन रु. १,०००- र प्रिन्ट लिनु परेमा प्रतिपाना रु.१५ र
घ) ओभरहेड प्रोजेक्ट प्रयोग गरेवापत प्रतिदिन रु. ५००- र मल्टिमिडिया प्रोजेक्ट रु. १,५००-
२४. केन्द्रद्दारा तयार गरिएका शिक्षा सामाग्री म्यानुअल तथा तालिम प्याकेज आवद्द नगरपालिकाहरुले आफनो नगरपालिकामा उपयोग गर्न चाहेमा संचालक समितिले तोकेको मूल्यमा उपयोगमा ल्याउन दिईनेछ ।
२५.आवद्द नगरपालिकाहरु बाहेकका अन्य संघ संस्था, गा.वि.स. तथा जि.वि.स.हरुवाट सहयोग माग भै आएमा तोकिएको शुल्क लिई केन्द्रले माग बमोजिमको सेवा सुविधा उपलव्ध गराउन सक्नेछ।
२६. केन्द्रले सम्पादन गरेका कार्यहरुको बाषिर्क समीक्षा गरिनेछ ।
२७. केन्द्रले सम्बन्धित क्षेत्रमा उपलव्ध जनशक्ति तथा बिशेषज्ञहरुको विवरण बनाई राख्नु पर्नेछ । आवद्द नगरपालिकाहरुवाट बिशेषज्ञहरुको सेवा माग भई आएमा सोही निकायले भ्रमण भत्ता व्यहोर्ने गरी बिशेषज्ञ सेवा उपलव्ध गराउन सक्नेछ ।
२८. यस निर्देशिकामा भएका व्यवस्थाहरुमा संशोधन गर्नु परेमा संचालक समितिले मस्यौदा तर्जुमा गरी निर्देशक समिति समक्ष प्रस्तुत गर्नेछ र निर्देशक समितिको बैठकको बहुमतले अनुमोदन गरी सम्बन्धित निकायबाट सहमति प्राप्त भएपछि लागु हुनेछ ।
समाप्त


नेपालीहरुको महान चाड शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा समस्त नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना.....