FAQs Complain Problems

प्रथम नगर सभा अधिवेशन (बैठक) शुरु

प्रथम नगर सभा अधिवेशन (बैठक) शुरु आज मिति २०७४/०३/२९ गते बाट यस हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर सभा अधिवेशन (बैठक) शुरु भएको छ। नगर प्रमुख श्री हरिबाहादुर महत ज्यूको अध्यक्षतामा शुरु भएको सभा अधिवेशन (बैठक)मा सभा का उपाध्यक्ष श्री मिना कुमारी लामा ज्यूले आ.ब. २०७४/ ०७५ को १ अर्ब २२ करोड ९० लाख ३५ हजार आय अनुमान सहितको  अर्थ सम्बन्धि प्रस्ताब लाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम  सभा समक्ष पेश गर्नु भएको थियो भने उक्त निति तथा कार्यक्रम माथि सभा सदस्य राजन थापाज्यू, बेगम बराल ज्यू, जनरल श्रेष्ठ ज्यू, रघुनाथ खुलाल ज्यू, इन्द्र नेपालज्यू र देवराज रिमाल ज्यूले आ-आप्नो जिज्ञासा राख्नु भएको थियो भने उपाध्यक्ष श्री मिना कुमारी लामा ज्यूले जिज्ञासाहरुको सम्बोधन गर्नु भएको थियो। जिज्ञासा सम्बोधन पश्चात सम्पुर्ण सदस्यहरुले सभामा पेश भएको प्रस्ताबलाई पारित गर्नु भएको थियो। साथै सभा अध्यक्ष श्री हरिबाहादुर महत ज्यूले नगर सभा अधिवेशन (बैठक) अर्को सूचना नआए सम्मको लागि सभा स्थगित  गरिएको  ब्यहोरा सभा समक्ष जानकारी गराउनु भएको थियो।

Supporting Documents: