FAQs Complain Problems

कोभिड १९  प्रभावितहरुलाई राहत वितरण कार्यबिधि२०७६  तयार

कोभिड १९  प्रभावितहरुलाई राहत वितरण कार्यबिधि२०७६  तयार

 हेटौंडा उपमहनागरपालिकाले कोरोना भाइरस (कोभिड १९) का कारण प्रभावितहरुका लागि राहत वितरण गर्नका लागि ७५ लाख रुपैयाँको कोष खडा गरेर तत्काल राहतका सामाग्री खरिद गरेर वितरण गर्ने भएको छ ।नेपाल वैकमा खाता खोलेर ७५ लाख रुपैयाँको कोष खडा गरिएको र राहत सामाग्री खरिद गरेर वितरणका लागि तयारी गरिएको हो । उपमहानगरपालिकाको आजको कार्यपालिका बैठकले राहत वितरण कार्यविधि २०७६ पारित गर्दै लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने, अति विपन्न, ज्याला मजदुरी गर्ने परिवारलाई राहत १९ वटै वडा कार्यालय मार्फत वितरण गरिने छ । कार्यविधिमा दैनिक ज्यालादारी गर्ने परिवारलाई १५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, एक पाकेट नुन, ४ वटा सावुन लगायतका सामाग्री  वितरण गर्न खरिद प्रकृया अगाडि बढाएको छ।