FAQs Complain Problems

१३४ जनाको पि.सि.आर. टेष्ट सम्पन्न

१३४ जनाको पि.सि.आर. टेष्ट सम्पन्न

आज मिति २०७७ साल बैशाख ३० गते  सम्म यस हेटौंडा उपमहानगरपालिका वार्ड नं.०४ कर्रा स्थित कोभिड १९ संक्रमण रोकथाम गर्न स्थापित आईसोलेसन वार्डबाट १२७जना जस मध्य आज  ६ महिला सहित १२ जना सेवाग्राहीले सेवा लिईरहनु भएको छ।  आईसोलेसन वार्ड मार्फत १३४ जनाको पि.सि.आर. टेष्टको नमुना संकलन गरी पठाइएकोमा १२ जनाको नतिजा प्राप्त हुन बांकि  छ भने १२४ जनाको नतिजा नेगेटिभ आएको छ। त्यस्तै उपमहानरपालिकाले  बिभिन्न स्थानमा गरेको आर.डि.टि परिक्षण र आईलेसन वार्ड बाट भएको आर.डि.टि परीक्षण गरि जम्मा ३४३ जनाको आर.डि.टि परिक्षण भएको छ भने  कोभिड १९ संक्रमण रोकथामको लागि नियमित रूपमा माईकिङ्ग गर्ने कार्य भैरहेको छ।