FAQs Complain Problems

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान

हेटौंडा उपमहानगरपालिका ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरी ४ जीपीए प्राप्त गर्ने मकवानपुर जिल्लाका विभिन्न विद्यालयका १३ जना विद्यार्थीलाई सम्मान गरेको छ।

उपमहानगरपालिकाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई जनही ६ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो।

सम्मानित विद्यार्थीहरूमा नवोदय शिक्षा सदनका वृष्टि जयस्वाल, परजन्य कुशवाह र पूर्णता गोर्खाली, जी.एस. निकेतनका एलेक्स घिमिरे, समीक्षा यादव र रौनक भण्डारी, बालजागृति अंग्रेजी माध्यम विद्यालयका देविना सञ्जेल र रेनिसा सापकोटा, ब्रह्मदिक विद्यालयका कुष्मा लौडारी र आभास घिमिरे, आधुनिक विद्यालयका प्रशान्त यादव, बालज्योति विद्यालयका शुभम खनाल फ्याम्कल विद्यालयका कृष्ण रिजाल रहेका छन्।

कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन तथा लगनशीलताले जिल्लाकै शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी दिनमा समेत निरन्तर उत्कृष्टता हासिल गर्न शुभकामना व्यक्त गरिएको थियो।

उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो।