FAQs Complain Problems

उपमहानगरको २७ ठाउँमा ‘हाई मास्ट लाइट’

हेटौंडा उपमहानगरपालिकाले नगरको २७ ठाउँमा ‘हाई मास्ट लाइट’ जडान गरेको छ । रात्रिकालको यात्रालाई सहज बनाउन उपमहानगरले हेटौंडा–४ हुप्रचौरको ४ स्थान, हेटौंडा–१ तरकारी बजारमा २ वटा सहित २७ मुख्य चोकहरुमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो ।

उज्यालो उपमहानगर अभियान अनुसार नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा जडान भएको लाइटले रातमा हेटौंडाको मुख्य क्षेत्र झलमल देखिएको छ । लाइटका कारण जरुरी कामको सिलसिलामा रातको समयमा हिड्डुल गर्न सहज भएको छ ।

उपमहानगरले हेटौंडा बसपार्क, टोनीहेगन पार्क, न्युरेनी जाने बाटो, बस्तीपुर चोक, हात्तीगौँडा चोक, पदमपोखरी चोक, बदेँलधाप चोक, मयुरधाप, गुम्बा चोक, मानवसेवा आश्रम चोक, हेटौंडा–८ फायरलाइन म्याजिक पार्क, हेटौंडा–८ कालिका टोल, हेटौंडा–१५ प्रणामी चोक, चिसापानी चोक, हटिया चोक, फुर्केचौर चोक, चुच्चेखोला चोक, चौघडा चोक, क्याम्पडाँडा चोक र संगम चोकमा लाइट जडान भइसकेको छ ।

जडान भएका मध्ये हुप्रचौरको २ वटा लाइटको सेन्सरमा समस्या आएकाले सञ्चालन हुन नसकेको बताइएको छ । त्यस्तै उपमहानगरले हेटौंडा बजारको विभिन्न सडकहरुमा लाइटिङ गरेर उज्यालो बनाउन लागेको छ ।