FAQs Complain Problems

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

मकवानपुरगढी गाउँपालिकामा सम्पन्न अन्तरपालिका फुटसल प्रतियोगितामा बिजेता बनेको हेटौंडा उपमहानगरपालिकाका खेलाडीलाई सम्मान गरीएको छ ।

हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै खेलमा सहभागि बनेका खेलाडीले जिल्लामा रहेका अन्य पालिकाहरुलाई पछि पार्दै उपाधि उचालेपछि उपमहानगरले उनिहरुलाई सम्मान गरेको हो ।

बुधबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख श्री मीना कुमारी लामाज्यू र उपप्रमुख श्री राजेश बानियाँज्यूले बिजेता बनेका खेलाडीलाई खादा लगाउँदै सम्मान गर्नुभएको हो। मकवानपुरगढी खेलकुद विकास समितिको आयोजना भएको सहिद रुद्र पाख्रिन, बासुदेव घिमिरे स्मृति दोश्रो अन्तरपालिका फुटसल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै उपमहानगरले उपाधिमाथि कब्जा जमाएको थियो । आयोजक टिम खेलकुद विकास समितिलाई ७ –४ गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि उचालेको थियो । उपाधी सँगै हेटौंडाले १ लाख २५ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गरेको थियो ।