FAQs Complain Problems

नकौलीमा "बाल विवाह, बालश्रम ,बाल कुलत र हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम " सम्पन्न

बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाका लागि विविध सचेतना मुलक कार्यक्रम सन्चालन हुँदै आई रहेकोमा आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ नकौलीमा रहेको श्री कालिका आधारभुत विद्यालयमा "बाल विवाह, बालश्रम ,बाल कुलत र हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम " सम्पन्न गरियो। कार्यक्रमको अध्यक्षता सोही विद्यालयका प्रधानाध्यापक श्री बैकुण्ठ पराजुली ज्यूले गर्नु भयको थियो । वडा नं १ का बालमैत्री वडा सम्पर्क व्यक्ति श्री मनु दाहालज्यूको आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रशिक्षण हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका बिकास महाशाखा प्रमुख श्री विष्णु कुमारी लामिछानेज्यूले गर्नु भएको थियो। उक्त कार्यक्रममा म.त.बा.बि.महाशाखाका अन्य कर्मचारी, बालमैत्री वडा सहजकर्ता, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक शिक्षक एवं विद्यार्थी गरी ९५ जनाको उपस्थिति रहेको थियो ।