FAQs Complain Problems

महिलाहरुका लागि प्रजनन् स्वास्थ्य शिविर

हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाईमा राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर महिलाहरुका लागि प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल नर्सिङ संघ मकवानपुरले आयोजना गरेको प्रजनन् स्वास्थ्य (भिआइए) परिक्षण गरीएको हो । शिबिरमा हेटौंडा १५ चुरीयामाईका १५७ जनाले सुबिधा लिएका थिए । शिविरमा आएका मध्य ८७ जनाको (भिआइए) परिक्षणमा ४ जनामा समस्या देखिएको संघका अध्यक्ष श्री गंगाकुमारी दाहालज्यूले जानकारी दिनुभयो। उनका अनुसार १ जनामा रिङ्ग राख्ने काम भएको छ। 

एक दिन सञ्चालन भएको शिविरको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्री मीनाकुमारी लामालेज्यू उद्घाटन गर्नुभएको हो। संघ मकवानपुरका अध्यक्ष श्री गंगाकुमारी दाहालज्यूको अध्यक्षतामा भएको उद्घाटनमा हेटौंडा १५ का अध्यक्ष श्री सुनिल मोक्तान, चुरीयामाई हेल्थ पोष्टका प्रमुख श्री धनेश्वर शाह, हटिया अस्पतालका प्रमुख श्री अनन्त बास्कोटा, चुरीयामाई माबिका प्रधानाध्यापक श्री भिमसेन तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।