FAQs Complain Problems

हुप्राचौरमा सार्वजनिक शौचालय उद्घाटन

हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा संघिय सरकारले निर्माण गरेको सार्वजनिका शौचालयको उद्घाटन भएको छ ।

संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले निर्माण गरिदिएको सुविधा सम्पन्न शौचालयको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्री मीनाकुमारी लामाज्यूले उद्घाटन गर्नुभएको हो। महिला, पुरुष र शारिरीक अशक्तहरुका लागि निर्माण भएको शौचालय आयोजना कार्यालयले व्यवस्थापन र सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गरेसँगै सञ्चालनमा ल्याइएको छ ।

बिहीबारबाटै हुप्राचौर खेल मैदानमा आउँने खेलाडी तथा अन्य व्यक्तिले शौचालयको प्रयोग गर्न सकिने व्यवस्था मिलाईएको छ । ३३ लाख ७० हजार ४५२ रुपियाँको लागतमा निर्माण भएको शौचालयको उद्घाटनसँगै हेटौंडा उपमहानगरपालिकाबाट कर्मचारी परिचालन गरेर सञ्चालनको व्यवस्था मिलाइएको हो ।

शौचालय हस्तान्तरण कार्यक्रममा आयोजना कार्यालयको प्रमुख श्री उज्जवल प्रजापतीज्यू र उपमहानगरपालिकाका नगर प्रमुख श्री मिना लामाज्यूले ४ नम्बर वडाका अध्यक्ष श्री नविन सिग्देलज्यूलाई चावि हस्तान्तरण गरेका थिए ।