FAQs Complain Problems

हेटौंडा १९ ज्यामिरेमा बर्थिङ सेन्टर उद्घाटन

आदिवासी जनजाती समुदायको बाहुल्यता रहेको हेटौंडा उपमहानगरपालिका–१९ महिलाहरुको प्रजनन् स्वास्थ्यलाई ध्यान दिँदै बर्थिङ सेन्टरको उद्घाटन गरीएको छ ।उपमहानगरपालिका भै कन पनि गर्भ परिक्षण सहितको सुविधाबाट बञ्चित रहँदै आएको १९ वडा क्षेत्रका महिलाहरुको स्वास्थ्यलाई ध्यान दिँदै हेटौंडा– १९ मा ज्यामिरे शहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको सुरुवात गरीएको हो ।

सेन्टरको उपमहानगरपालिकाका नगर प्रमुख श्री मीना कुमारी लामाले गर्नुभएको हो । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा सुत्केरी गराउनका लागि आवश्यक सामग्री जडानपछि  हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडा कार्यालयको आयोजनमा बर्थिङ सेन्टरको उद्घाटन गरीएको हो।

बर्थिङ सेन्टर उद्घाटनको अवसरमा शहरी स्वास्थ्य केन्द्रको संयोजन र १९ नम्बर वडा कार्यालयको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको छ । बिशेषज्ञ डाक्टर सहित सञ्चालन गरीएको शिविरमा २२८ जनाले सेवा लिएको शहरी स्वास्थ्य केन्द्रले जनाएको छ ।

महिलाहरु लक्षित पाठेघर, स्तन क्यान्सर तथा प्रजनन् स्वास्थ्य शिविरमा १६ जनाले नयाँ र ७ जनाले पुरानो झिकेर नयाँ इन्प्लान्ट राखेको बताइएको छ । शिविरमा ११८ जना महिलाहरुले पाठेघरको जाँच गराएका थिए । शिबिर १९ नम्बर वडा अध्यक्ष श्री नरनाथ सुवेदीको अध्यक्षतामा भएको थियो ।