FAQs Complain Problems

२२ औ नगरपरिषद सम्पन्न

Publishe On: 2017-01-13

आज मिति २०७३/०९/२८ गते यस हेटौडा उप महानगरपालिकाको २२ औ नगर परिषद तथा आ.व. २०७४/०७५ को बजेट, नीति र कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम प्रमुख एव कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख आतिथ्यता माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रि श्री ईनद्र बाहादुर बानियाले गर्नु भएको थियो भने जिल्लाका सभाषदज्यु हरुले बिशिष्ट आतिथ्यता ग्रहण गर्नुभएको थियो ।कार्यक्रममा बिभिन्न राजनैतिक दलका जिल्ला प्रमुख एवं नगर प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रमुख एबं प्रतिनिधि , एबं सम्पूर्ण सरोकार वालाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा कार्यकारी अधिकृत कृ्ष्ण प्रसाद पाण्डे ले आगामि आ.ब.को बजेट निति र कार्यक्रम सार्वजनिक गर्नुभएको थियो भने उक्त बजेट निति र कार्यक्रम माथि बिभिन्न वक्ताहरुले आ-आफ्नो मन्तभ्य राख्नु भएको थियो ।