scrolling news.
जेष्ठ पत्रकार पेन्सन’ कार्यक्रममा उपमहानगरद्वारा दश लाख हस्तान्तरण
जेष्ठ पत्रकार पेन्सन’ कार्यक्रममा उपमहानगरद्वारा दश लाख हस्तान्तरण
नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गर्न लागेको जेष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि आज हेटौंडा उपमहानगरपालिकाकाले दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाँईलाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । जेष्ठ पत्रकारका लागि मासिक रुपमा पेन्सन दिनका लागि महासंघले सहयोग गर्न आग्रह गरे अनुसार दश लाख रुपैयाँ आज हस्तान्तरण गरिएको हो ।
मकवानपुरका पत्रकारको पेन्सन कार्यक्रमका लागि यो पहिलो सहयोग गरिएपनि यसलाई फेरी थप गरिने नगर प्रमुख महतले वताउनुभयो । जोखिम मोलेर कुनैपनि बेलामा समाचार संकलन गर्ने पत्रकारका लागि उपमहानगरपालिका सहयोगि वन्नका लागि तयार रहेको उहाँले वताउनुभयो । पत्रकारलाई परेका कुनैपनि समस्या समाधान गर्नका लागि स्थानीय सरकार हातेमालो गरेर अगाडी वढ्ने उहाँले वताउनुभयो ।पत्रकार महासंघले सञ्चालन गरेको उपचार कोष, पत्रकारको कोरोना र दुर्घटना विमा गर्न, लकडाउनको समयमा समस्यामा परेका पत्रकारका लागि राहतसामाग्री सहयोग गरेको छ ।