FAQs Complain Problems

डेंगु नियन्त्रणका लागि चार ‘भेट्रो निरीक्षक’ राख्दै हेटौंडा उपमहानगरपालिका

बिस्तारै फैलदै गएको डेंगु रोगको नियन्त्रणका लागि यस हेटौंडा उपमहानगरपालिकाले चार जना भेट्रो निरीक्षक नियुक्त गर्ने भएको छ।उपमहानगरले नियुक्त गर्ने भेट्रो निरीक्षकले डेंगुको सम्भाबित बास स्थानको खोजी गर्ने र नष्ट गर्ने काममा परिचालित हुने छन्। आइतबार यस उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको अध्यक्षतामा बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले रोगको संक्रमण नियन्त्रणका लागि निरीक्षक नियुक्त गरेरै कम अघि बढाउने निर्णय गरेको छ।

बैठकले फिल्डमा खटिएका निरीक्षकले संक्रमणको आँकलन गरेको स्थान सहित सम्भाबित ठाउँहरुमा स्प्रे गर्ने, संक्रमणमा परेका बिरामीको परीक्षणका लागि किट खरिद गर्ने र संक्रमणको खोज र नष्ट गर्नका लागि स्वास्थ्य स्वयं सेविका सहित टोल बिकास संस्थालाई परिचालन गर्ने निर्णय गरेको छ।