हेटौँडा, असार १३ –बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा असार ११ देखि १३ गतेसम्म हेटौँडा–११ स्थित प्रदेश कृषि थोक बजार परिसरमा आयोजित ड्रागन फ्रुट महोत्सव–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा रु २५ लाख बराबरको आर्थिक हुनुका साथै कारोबार करिब १० मेट्रिक टन (१०,००० केजी) ड्रागन फ्रुट बिक्री भएको आयोजक समितिले जनाएको छ। महोत्सवमा हेटौँडा तथा आसपासका क्षेत्रका उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादनप्रतिको उपभोक्ता र बजारको प्राथमिकतामा सुधार आवश्यक रहेको सन्देश दिएको छ। साथै, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, किसानलाई उचित बजार उपलब्ध गराउने तथा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष बजार सम्बन्ध स्थापना गर्न महोत्सव प्रभावकारी भएको छ।
हेटौँडा उपमहानगरपालिका स्थानीय कृषि उत्पादनको उपभोग वृद्धि गरी स्वस्थ समाज तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा सहकार्य गरी महोत्सव सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण कृषक, उपभोक्ता, व्यापारी, आयोजक तथा सरोकारवाला निकायप्रति हार्दिक आभार व्यक्त गर्दछ।



