FAQs Complain Problems

तेश्रो मेयर कप फुटबलः उद्घाटनमा वडा नम्बर १५ को विजयी सुरुवात

यस हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा तेश्रो मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिताको उद्घाटन यस उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाज्यूले गर्नु भएको छ।

नगर खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा यस उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, नगरका बिभिन्न वडाका अध्यक्षहरु, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गी लगाएतको आतिथ्यता रहेको थियो ।    

उद्धाटन पश्‍चातको खेलमा वडा नम्बर ३ लाई ३–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १५ ले बिजयी सुरुवात गरेको छ । उक्त खेलमा निकै उत्कृष्ठ प्रदर्शन गर्ने वडा नं. १५ का खेलाडी ऋषि मोक्तान ‘म्यान अफदी म्याच’ घोषित भए । उनलाई वडा नम्बर १५ का अध्यक्ष सुनिल मोक्तानले म्यानअफदी म्याचको ट्रफि दिनुभएको छ।

उपमहानगरका १९ वडाको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद २ लाख, उपबिजेता १ लाख ५० हजार, सान्तवना २ वटा टिमलाई ५०/५० हजार, सर्बोत्कृष्ठ खेलाडिलाई १५ हजार र उत्कृष्ठ खेलाडिहरुलाई ५/५ हजार रुपियाँ नगद सहित शिल्ड एवम् मेडल पुरस्कार रहेको छ । प्रतियोगिता अन्तरगत मंगलबार हेटौंडा ६ र १० बिच खेल हुने छ ।