FAQs Complain Problems

प्लास्टिक जन्य फोहोर बाट डिजल इन्धन सम्बन्धि कार्यशाला गोष्ठि सम्पन्न

आज मिति २०७४ असार ८ गते यस हेटौंडा उपमहानगरपालिका कार्यालयले नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानको सहयोगमा एक दिने प्लास्टिक जन्य फोहोर र डिजल ईन्धन प्रविधि सम्बन्धि कार्यशाला गोष्ठि सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानका बरिष्ठ प्रबिधि अधिकृत डा. ई. रबिन्द्र प्रसाद ढकालले प्लास्टिक जन्य फोहोर र डिजल ईन्धन प्रविधि सम्बन्धि प्रसतुती गर्नु भएको थियो साथै प्रबिधिको नमुना प्रदर्शनी पनि गर्नुभएको थियो। कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी नरायण प्रसाद शर्मा, न=पा.का कार्यकारी अधिकृत कृ्ष्ण प्रसाद पाण्डे, बिभिन्न वडाका वडा अध्यक्षहरु, वातावरण सम्बन्धि कार्य गरिरहेको बिभिन्न संघ संस्थाका प्रमुख , संचारकर्मि एवं सरोकारवाला हरुको उपस्थिति रहेको थियो। कार्सयक्रोरममा सरोकारवला हरुले आ आफ्नो बिचार हरू ब्यक्त गर्नु भएको थियो।