FAQs Complain Problems

बालमैत्री घोषणा गर्न नगर र वडा सहजकर्तालाई तालिम

२०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको यस हेटौंडा उपमहानगरको कार्यालयले नियुक्त गरेको १ नगर र १९ वडाका २० जना सहजकर्ता सहित सम्पर्क व्यक्तीहरुलाई बालमैत्री स्थानिय शासन सम्बन्धी क्षमता बिकास तालिम दिएको छ । तालिमका क्रममा सहजकर्ताहरुलाई नगरका बिभिन्न वडामा रहेका घरहरुमा रहेको बालवालिकाको तथ्याङक संकलनका क्रममा गर्ने समन्वय तथा सहजिकरणका बिषयमा जानकारी गराइने महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताउनु भएको छ ।

हाललाई असार मसन्त सम्मका लागि नियुक्त गरिएको सहजकर्ता टोलीलाई तालिमसँगै काममा परिचालन गरीने छ । तालिममा हेटौंडा उपमहानगरका प्रमुख तथा वालमैत्री स्थानिय शासन नगर समन्वय समितिका संयोजक मिनाकुमारी लामाले नगरले लिएको लक्ष्यलाई पुरा गर्ने जिम्मेवारी दृढताका साथ पुरा गर्न निर्देशन दिनु भएको छ ।

चार दिन सम्म सञ्चालन हुने तालिममा वालमैत्री शासनका राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चौबे प्रशिक्षक रहनु भएको छ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका हेटौंडा उपमहानगरका प्रमुख तथा वालमैत्री स्थानिय शासन नगर समन्वय समितिका संयोजक मिनाकुमारी लामाको अध्यक्षतामा भएको थियो । यस हेटौंडा उपमहानगरपालिकाको कार्यालयले बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्याङक संकलक गरी ५० जनालाई नियुक्त गरेको छ । सरकारले २०८७ सम्म नेपालललाई बालमैत्री राष्ट्र घोषणा गर्ने लक्ष्य कार्यान्वयनका लागि उपमहानगरले अभियान सञ्चालन गरेको हो । कार्यक्रममा १९ वटै वडाका निर्वाचित सदस्यहरु वडा सम्पर्क व्यक्तीका रुपमा तोकिएको छ ।