FAQs Complain Problems

शंकर ज्योतीको नयाँ चार कोठे भवन उद्घाटन

बिद्यालयको २७ औं अभिभावक भेला तथा ४ कोठे नवनिर्मित भवनको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नु भएसगैँ अध्यापनमा नियमित पर्दै आएको समस्या केही टरेको हो । जिल्ला कार्यक्रम कार्यान्वयन इकाइ (शिक्षा) ले ७० लाख रुपियाँको लागतमा निर्माण गरेको भूकम्प प्रतिरोधात्मक भवनको नगर प्रमुख लामाले उद्घाटन गर्नु भएको हो । भवन तथा अभिभावक भेलाको उद्घाटन गर्दै नगर प्रमुख लामाले सामुदायीक बिद्यालयमा दिर्दै आएको शिक्षामा सुधार आवश्यक रहेको बताइनु भयो । उहाँले पुर्वाधारका हिसाबले सामुदायीक बिद्यालय अव्बल देखिए पनि शिक्षाको गुणस्तरमा कम्जोर रहेको भन्दै उनले सुधार आवश्यक रहेको बताउनु भयो । उहाँले बिद्यालयमा शिक्षकले दिएको शिक्षाको मात्र भर परेर नबस्न अभिभावक हरुलाई आग्रह गर्नुभएको छ । बिद्यालयमा लिएको शिक्षासँगै आफुले पनि घरमा बालबालिकाको अवस्था, बिचार र धारणाका बारे जानकार हुन आवश्यक रहेको उहाँको भनाई थियो । बिद्यालयमा गएको आफ्नो बालबालिकाको पढाईको अवस्था, साथि संगतका कुरामा ध्यान दिन सकेमात्र आफ्ना बालवालिका अव्बल हुन सक्ने भन्दै नगर प्रमुख लामाले अभिभावकहरु चनाखो हुन जरुरी रहेको बताइनु भयो । उपमहानगर शैक्षिक प्रणाली सुधारको पक्षमा रहेको भन्दै शिक्षक र अभिभाबकको सकारात्मक भूमिका हुन आवश्यक रहेको बताउनु भयो । 

अभिभाक भेलामा बिद्यालयको पुर्व शिक्षक रामबहादुर थापालाई बिदाई गरिएको छ भने उत्कृष्ठ शिक्षकको रुपमा कबिता गौतम, विन्दुसिं ठकुरी र शुसिला न्यौपानेलाई सम्मान गरिएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर खुलालको अध्यक्षतामा भएको अभिभावक भेला तथा बिद्यालय भवन उद्घाटनमा हेटौंडा-११ का वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, बिकास नेपाल, गिता सुनार, उपमहानगरका शिक्षा बिकास अधिकृत रमेश बिडारी, टोल बिकास वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य, बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कमलचन्द्र सुमन लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थिए ।