FAQs Complain Problems

हेटौंडामा अनलाईन गुनासो दर्ता ।

हेटौंडा उपमहानगरपालिकाले गर्दै आएको काम कारवाहिको बिषयमा अनलाईन तथा फोन मार्फत गुनासो दर्ता गर्ने स्वचालित प्रणालि सञ्चालनमा ल्याएको छ ।

नगरवासीहरुलाई सेवा प्रवाह, स्थानिय विकास लगाएत अन्य बिषयहरुमा परेको समस्याको बारे गुनासो गर्न कार्यालय सम्म धाउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै उपमहानगरले अनलाईन र फोन मार्फत गुनासो सुनुवाईको व्यवस्था मिलाएको हो ।

गुनासो दर्ताका लागि उपमहानगरपालिकाले सफ्टवेयर सञ्चालमा ल्याई घरमै बसेर फोन वा इन्टरनेट सेवाको मध्यमबाट गुनासाहरु टिपाउन सक्ने छन् ।

इन्टरनेट सेवा मार्फत कार्यालय बाहेकको  समयमा पनि gunaso.hetaudamun.gov.np. मर्फत लिखित र ०५७–५९७००१ बाट गुनासाहरु रेकर्ड गराउँन सकिनेछ ।

अहिलेको लागि नेपाल टेलिकमको टेलिफोन वा मोवाईल सेवा मार्फत गुनासोको भ्वाइस रेकर्ड गराउँन सकिने छ भने केहि समय भित्रै अन्य सेवा प्रदायकहरुको  फोन तथा मोवाईल बाट समेत गुनासो रेकर्ड गराउने सक्ने तयारी भैरहेको छ ।

उपमहानगरले सेवाग्राहिलाई आफ्ना गुनासा दर्ता गराई सेवालाई समस्या रहित बनाउँने काममा सहयोग गर्न आग्रह गरेको छ ।