FAQs Complain Problems

हेटौंडा उपमहानगरको ५५ औं स्थापना दिवस मनाउदै

यस  हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरि दिवस मनाउने तयारि पुरा भएको  छ।दिवस मनाउँनका लागि नगर प्रमुख मिनाकुमारी लामाको संयोजकत्वमा गठित मुल समारोह समिति मातहत रहेको अत्तिरीक्त क्रृयाकलाप समितिको आयोजनामा फुटबल, फुटसल, वडा स्तरीय सरसफाई र रक्तादान कार्यक्रम भैसकेको छ ।स्थापना दिवसरको अवसरमा अयोजित नगरप्रमुख टिम र प्रमुख प्रशासकीय अधिकृत टिम बिच हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा नगर प्रमुख टिम ४–३ ले बिजयी भएको थियो । त्यस्तै स्थापना दिवसको अवसरमा हेटौंडा–४ कमलडाडाँमा भएको महिला जनप्रतिनिधी र महिला कर्मचारी बिचको फुटसलमा कर्मचारी टोली ३–० गोल अन्तरले बिजयी भएको थियो। दिवसको सन्दर्भमा आयोजित जनप्रतिनिधी तथा कर्मचारी बिच हेटौंडा–४ हुप्रचौरमा भएको भलिवल प्रतियोगितामा २–१ को सेटमा कर्मचरी टिम बिजयी भएको थियो । स्थापना दिवसको अवसरमा वडाहरुमा सरसफाई कार्यक्रम सञ्चालन भएको  छ ।  

उपमहानगरको स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा कार्यक्रममा कर्मचारी तथा जनप्रतिनिधिहरुको  गरि ३ जनाको सहभागिता रहेको थियो । यहि मिति २०८० फाल्गुन १ गते स्थापना दिवसको अबसरमा बिभिन्न सम्मान तथा प्रगति पुस्तिकाको बिमोचन सहित समापन हुने भएको छ । उपमहानगरक्षेत्र भित्र रहेर बिभिन्न क्षेत्रमा योगदान पुर्‍याएको व्यक्ति, सस्थालाई सम्मान सहित नगर प्रगति पुस्तिकाको विमोचन गरिने तयारि पुरा भएको छ ।उक्त दिवसमा उत्कृष्ठ कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयमसेवीका, टोलबिकास सस्था, बाल समुह र जग्गादाताहरुलाई सम्मान गर्ने  कार्यक्रम रहेको छ।