FAQs Complain Problems

हेटौंडा उपमहानगरमा तिन महिने लोकसेवा तयारी सुरु

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सरकारी सेवामा आवद्ध हुन इच्छुकहरुका लागि तिन महिने लोकसेवा तयारी कक्षा सुरु भएको छ । उपमहानगरको आर्थिक सहयोग तथा विकासका लागि अभियान नेपालको आयोजनामा तिन महिने लोकसेवा तयारी कक्षा सञ्चालन भएको हो ।मकवानपुर बहुमुखि क्याम्पसमा उद्घाटन भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले मेहनत र लगनशिलता भए सफलता मिल्ने बताउनु भएको छ। प्रमुख ज्यूले भन्नु भयो ‘तिन महिने तालिम पछि अझै मेहनत गर्ने इच्छा सहभागिहरुमा रहे उपमहानगरले थप सहयोग गर्ने छ ।’

हेटौंडामा रहेर बिभिन्न कलेजहरुमा अध्यापनमा रहेका १ सय जना लोकसेवा अध्यनमा इच्छा भएकाहरुको तालिममा सहभागिता रहेको छ । उनिहरुलाई ५०/५० जनाको संख्यामा भाग लगाएर गैरसरकारी सस्था महासंघको भवनमा अध्यापन गराउने तयारी रहेको आयोजकले जनाएको छ ।

विकासका लागि अभियान नेपालका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका समाजिक महशाखा प्रमुख भिमप्रसाद तिमल्सिना,  प्रशिक्षक राज गौतामको आतिथ्यता रहेको थियो । तालिममा दुई जना प्रशिक्षकको व्यवस्थापन गरिएको कार्यक्रम संयोजक नवाराज पौडेलले बताउनु भएको छ। उहाँका अनुसार प्रशिक्षक राज गौतम र अमृत घिमिरेले विद्यार्थीलाई प्रशिक्षण दिनुहुने छ।