FAQs Complain Problems

२ महिने ढाका बुनाई तालिम सुरु

दिगो आय आर्जनमा महिलाहरुलाई जोड्नका लागि हेटौंडामा २ महिने ढाका बुनाई तालिम सुरु भएको छ । मुख्य बजार क्षेत्रमा रहेको हेटौंडा १० को वडा कार्यालयमा ‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ सुरु भएको तालिमको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले उद्धाटन गर्नु भएको छ। तालिमको उद्घाटन गर्दै नगर प्रमुखज्यूले घरमै बसेर रोजगारीको अवसर श्रृजना गर्न तालिमले मद्दत पुग्ने बताउनु भएको छ। तालिम प्रमाण पत्र लिनका लागि मात्र नभई दिगो आय आर्जनमा जोडिनका लागि भएको भन्दै सिपलाई सदुपयोग गर्न सुझाब दिनु भएको छ। घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा भएको तालिममा १० जनाले प्रशिक्षण लिने छन् । कार्यालयमा प्रमुख टिका शर्माको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा हेटौंडा १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, सदस्यहरु इश्वर मैनाली, गोमा सुनार, तालिमका प्रशिक्षकहरु बेली रानामगर लगायत अन्य विशिष्ट व्यक्तिको आतिथ्यता रहेको थियो ।