“डेंगीविरुद्ध सचेत समुदाय: डेंगी रोकथाम अभियान” अन्तर्गत Reel Competition
डेंगी रोग सम्बन्धी सचेतनामूलक Reel प्रतियोगिताका लागि Open for Application!
“डेंगीविरुद्ध सचेत समुदाय: डेंगी रोकथाम अभियान” अन्तर्गत हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाद्वारा डेंगु रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले Reel प्रतियोगिता आयोजना गर्न गरिएको छ।
डेंगुको रोकथाम, नियन्त्रण, लक्षण तथा बच्ने उपायबारे प्रभावकारी सन्देश दिने Reel बनाउनुहोस् र आकर्षक पुरस्कार जित्ने अवसर पाउनुहोस्।
सहभागी हुन के गर्ने?
• हेटौंडामा बसोबास गर्ने दुबै स्थाही तथा आस्थाही नागरिकहरुले यस रील प्रतियोगितामा भाग लिन सक्नु हुन्छ ।
• सहभागीताको लागी आफ्नो Reel पोस्टमा हेटौंडा उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेज ( हेल्लो हेटौडा उपमहानगरपालिका ) लाई Tag गर्नुहोस् र Follow गर्नुहोस्, साथसाथै तल दिइएको Google Form अनिवार्य रूपमा भर्नुहोस्।
• अधिकतम ३ मिनेटको डेंगु सम्बन्धी सचेतनामूलक रील तयार गर्नुहोस्।
• रीलको भाषा र सन्देश स्पष्ट, शुद्ध र बुझ्न सजिलो हुनुपर्नेछ।
• भिडियो तथा अडियोको गुणस्तर राम्रो हुनुपर्नेछ।
• तयार गरिएको रीललाई आफ्नो फेसबुक प्रोफाइलमा सार्वजनिक रूपमा पोस्ट गर्नुहोस्।
आवेदन फाराम:
https://forms.gle/xBJnT9mxxNjP7Unu7
मूल्याङ्कन:
1. Reel Engagement
•Like : 1 like = 1 Point
•Comment : 1 comment = 2 Points
•Share : 1 share = 2 Points
2. Judge Panel (10 marks)
•Content = 5 marks
•Performance = 5 marks
Reel Engagement बाट प्राप्त कुल अंक र Judge Panel बाट प्रदान गरिएको कुल अंकलाई जोडेर प्राप्त जम्मा अंकका आधारमा उच्चतमदेखि न्यूनतम क्रमसम्मको Ranking निर्धारण गरी विजेता छनोट गरिनेछ।
पुरस्कार:
प्रथम — रु. ४,०००
द्वितीय — रु. २,०००
तृतीय — रु. १,०००
Deadline: २०८३/०६/२०
Contact information:
Samriddhi Khadka: 9849943423/ 9861497444/ 9748276481
आयोजक:
जनस्वास्थ्य शाखा
हेटौंडा उपमहानगरपालिका
“डेंगीविरुद्ध सचेत समुदाय: डेंगी रोकथाम अभियान”

