FAQs Complain Problems

संक्षिप्त परिचय

            महाभातकालीन किम्बदन्ती अनुसार पाण्डवहरु वनबासको क्रममा आमा कुन्तीको सहमतिमा भीमले राक्षस हिडिम्बासित विहे गरेपछि हिडिम्बाकाो कोखबाट जन्मेको पुत्र घटोत्कच र हिडिम्बाको वासस्थान यसै स्थानमा भएको नाताले उनीहरुकै नामबाट यस ठाउँको नाम हेटौडा रहेकाो भन्‍ने जनविश्वास छ ।  "हिडिम्बा" र शक्ति स्वरुपिणी माता भुटनदेवीको ऐतिहासिक तथा धार्मिक पृष्ठमूमिमा मानव बसोबासको लागि योग्य शहरको आधारभूत पूर्वाधार संरचना तथा भौतिक विकासको गतिमा अगाडि बढिरहेको हेटौंडा अधिराज्यका २ राष्ट्रिय राजमार्गहरु महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगमस्थलमा अवस्थित छ । नेपालको संविधान २०७२ अनुसारको नयाँ संरचना अनुरुप मकवानपुर जिल्लाका दश स्थानीय तह मध्येको एक हेटौडा उपमहानगरपालिका बागमति प्रदेशको राजधानीको रुपमा अवस्थित रहेको छ ।  नेपालको मध्य भागमा रहेको हेटौंडालाई वि.स. २०२६ सालमा नगर पञ्चायत घोषणा गरिएको थियो ।  २०७१ साल मंसिर १६ गतेको नेपाल सरकारको निर्णयबाट हेटौंडा  उपमहानगरपालिका स्थापना भयो । 

   

हेटौंडाका प्रमुख विशेषताहरुः

  • देशको प्रमुख २ राजमार्ग महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको संगमस्थल,
  • राजधानीबाट नारायणगढ हदै २२४ कि.मि. नौबिसे दामन हुदै १३२ कि.मी. तथा राजधानी बाट जोड्ने द्रुतमार्ग हदै ७६ कि.मि को दक्षिण दूरीमा अवस्थित,
  • चुरे र महाभारत पर्वतको फेदीमा अवस्थित, उष्ण तथा समशितोष्ण हावापानी,
  • मकवानपुर जिल्लाको सदरमुकाम,
  • देशको तेस्रो ठूलो औद्यौगिक नगर,
  • भारतसंगको प्रमुख नाका बीरजन्गसंग राजधानी जोड्ने एक मात्र द्वार ।

भौगोलिक अवस्थितिः

  • उचाईः समुद्र सतहबाट ३०० देखि १८६० मिटर उचाइमा अवस्थित,
  • प्रशासनिक विभाजन अनुसार वडा संख्याः १९             
  • क्षेत्रफल २६१ वर्ग कि.मी.

सिमानाः

  • पूर्व: बकैया गाउँपालिका
  • पश्चिमः मनहरी र राक्सिराङ्ग गाउँपालिका
  • उत्तरः मकवानपुर गढी, भिमफेदी र कैलाश गाउँपालिका
  • दक्षिणः पर्सा जिल्ला र बारा जिल्ला

प्रमुख नदीहरुः

  • राप्ती
  • कर्रा 
  • सामरी
  • चकरी खोला

जनसंख्याको विवरण

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार  उपमहानगरपालिका कूल जनसंख्या १,९३,५७६ र घरधुरी संख्या ४६,५६६ रहेको छ ।

 

Image: