FAQs Complain Problems

उपमहानगरद्वारा सञ्चालित कानून र कृषि क्याम्पसको पहिलो वर्षमै उत्कृष्ट नतिजा

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाद्वारा सञ्चालित कानून र कृषि क्याम्पसले पहिलो वर्षको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्। उपमहानगरले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई उच्च शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटाउन यी दुवै क्याम्पस सञ्चालनमा ल्याएको हो।

हालै प्रकाशित नतिजा अनुसार:

  • कानून सङ्काय (सिद्धार्थ ल क्याम्पस): पाँच वर्षे बीए एलएलबी (B.A. LL.B.) शैक्षिक सत्र २०८१/०८२ को पहिलो वर्षको परीक्षामा सहभागी २७ जनामध्ये २१ जना (७७.७८%) उत्तीर्ण भएका छन्।
  • कृषि सङ्काय (हेटौंडा जनप्रिय क्याम्पस, वडा नं. १६ हटिया): चार वर्षे बिएससी एग्रिकल्चर (B.Sc. Ag.) शैक्षिक सत्र २०८२/०८३ को परीक्षामा सहभागी ४८ जनामध्ये ३६ जना (७५%) उत्तीर्ण भएका छन्।

मकवानपुर तथा बाह्य जिल्लाका विद्यार्थीहरू अध्ययनरत यी दुवै क्याम्पस सञ्चालक समितिकी अध्यक्ष नगर प्रमुख मीनाकुमारी लामा रहनुभएको छ।