FAQs Complain Problems

आ.व. ०७९/८० को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

यस हेटौंडा उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/८० को बार्षिक समिक्षा सम्पन्न भएको छ । उपमहानगर क्षेत्र महाशाखाहरुले गरेको कामको बारेमा समिक्षा बैठकमा प्रस्तुतिकरण गर्नुभएको थियो।

नगर प्रमुख मिना कुमारी लामाज्यूको अध्यक्षतामा भएको यस वार्षिक समीक्षा कार्यक्रममा वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, महाशाखा प्रमुखहरु, शाखा प्रमुखहरु एवं अन्यको उपस्थिति रहेको थियो।

कार्यक्रममा सामान्य प्रशासनबाट भएका कामको बारेमा महाशाखा प्रमुख शान्ति बिश्वकर्मा, आर्थिक विकासबाट भएको कामको महाशाखा प्रमुख राजेश्वरी शाही, शहरी पुर्वाधार बिकासबाट भएको कामको सुबोध थापा, सामाजिक विकासबाट भएका कामको महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, शिक्षा विकासबाट भएका कामको महाशाखा प्रमुख हरीचन्द्र सापकोटा, महिला तथा वालबालिकाबाट भएको कामको महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने प्रस्तुतिकरण गर्नुभएको थियो।

छलफलका क्रममा नगर प्रमुखज्यूले उपमहानगरबाट भएका कार्यहरुको सवल, सुधार गर्नुपर्नेकाम, चुनौंति र अपनाउनु पर्ने रणनितीको बारेमा  एवं उपमहानगरका कामलाई थप प्रभावकारी बनाउँनका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको थियो।  सेवाप्रवाहलाई चुस्त बनाउँदै वडातहबाट हुन सक्ने सेवा प्रवाहलाई वडा स्तरबाट नै सेवा प्रवाह गर्ने साथै  समस्या र चुनौंतिलाई समाधान गर्नका लागि महाशाखा प्रमुखहरुलाई शुक्ष्म अध्ययन गरी आगामि मासिक बैठकमा प्रतिवेदन सहित उपस्थित हुन निर्देशन दिनुभयो।

उपमहानगरले आर्थिक बर्ष २०७९/८० मा ३ अर्व ३० करोड ९ लाख ५५ हजार बजेट मध्ये चालु तर्फ १ अर्व ४० करोड ३९ लाख ८४ हजार ३४५, पुजिँगत तर्फ १ अर्व ६ करोड १३ लाख ३२ हजार ६७० रुपियाँ र वित्तीय व्यवस्थापन तर्फ ८५ लाख ६५ हजार ७० रुपियाँ गरी जम्मा २ अर्व ४७ करोड ७८ लाख ८२ हजार ८५ रुपियाँ खर्च गरेको थियो ।