FAQs Complain Problems

बजार अनुगमन सम्पन्न

बजार अनुगमन सम्पन्न

आज मिति २०७७/४/८ गते यस हेटौंडा उपमहानगरपालिकाले नगरको वडा नंबर २ र ४ को संगमचौक, फापरबारी बसपार्क, कान्ति लोकपथ हुदै स्कुलरोड चौक सम्म अनुगमन गरिएको हो । अनुगमन गरिएका २८ व्यवसाय मध्ये १८ पसलबाट म्याद नाघेका खाद्य तथा पेय बस्तु जफत गरी नष्ट गरिएको छ।

नगर  उपप्रमुख श्री मिनाकुमारी लामाको नेतृत्वमा भएको अनुगमनमा २ नं. वडा सदस्य महेश्वरमान श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख डा. सोमकान्त रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि प्र.नि. इश्वरी भण्डारी, मकवानपुर उद्योग बाणिज्य संघका प्रतिनिधि माधव ज्ञवाली, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सुरेश वाइवा, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि प्रणयप्रसाद अर्याल, उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधि मदन रिसाल, अनुगमन समितिका सदस्य तथा संचारकर्मि धर्मेन्द्र दाहाल, उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, उपमहानगरपलिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्राविधिकहरु, सुरक्षाकर्मी र नगर प्रहरीहरु सहभागिता भएको अनुगमन गरिएका २८ व्यवसाय मध्ये १८ पसलबाट म्याद नाघेका खाद्य तथा पेय  पदार्थ  पाईएकोमा ति म्याद नाघेका खाद्य बस्तु तथा पेय पदार्थ बस्तु जफत गरी नष्ट गरिएको  छ।