FAQs Complain Problems

बालमैत्री संरक्षक शिक्षकसँग अभिमुखिकरण

आ.व.२०७९/०८० को मंसिर मसान्तसम्म यस हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन कार्यान्वयका क्रममा बालमैत्री संरक्षक शिक्षकहरुसँग अभिमुखिकरण गरेको छ। केन्द्रिय सरकारले आउँदो २०८७ सम्म राष्ट्रलाई बालमैत्री शासन घोषणाको तयारी गरेपनि उपमहानगरले तयारी थालेको छ ।

तयारी अनुसार उपमहानगरको आयोजनामा मिति २०८०/०१/१९ गते मंगलबार बालमैत्री संरक्षक शिक्षकहरुका लागि बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण गरेको हो। सामुदायीक तथा संस्थागत विद्यालयका शिक्षकहरुसँगको कार्यक्रममा उनिहरुले बिद्यालय तहमा भएका क्रियाकलापको बारेमा जानकारी गराएका थिए ।

सहभागि शिक्षकहरुले बाल समुह गठनगर्दै बाल बचतको काम थालेको समुदायमा बालश्रम सम्बन्धी सचेतना सहितको काम गरेको जानकारी गराएका थिए । अभिमुखिकरणमा बालमैत्री स्थानिय शासन कार्यान्वयनका लागि आवश्यक ५१ वटा सुचकको बारेमा जानकारी गराईएको थियो । कार्यक्रमको सहजिकरण महिला तथा वालबालिका महाशाखा प्रमुख श्री बिष्णुकुमारी लामिछाने गर्नुभएको थियो भने कार्यक्रममा उपमहानगरपालिकाका पुर्वाधार विकास तथा योजना महाशाखा प्रमुख श्री सत्यनारायण शाह, शिक्षा शाखा प्रमुख श्री रामचन्द्र खड्का सहित सामुदायीक र सस्थागत बिद्यालयका बालमैत्री संरक्षक शिक्षहरुको सहभागिता रहेको थियो ।