FAQs Complain Problems

'लम्पी स्किन डिजीज्' बिरुद्धको खोप दिँदै हेटौंडा उपमहानगरपालिका

यस हेटौंडा उपमहानगरपालिकाले गाई बस्तुमा देखिएको 'लम्पी स्किन डिजीज्' बिरुद्धको खोप लगाउन सुरु गरेको छ । चैत्र महिनामा देखिएको रोगका कारण गाई बस्तु मर्ने र रोगको संक्रमण बढ्दै जाने क्रम भएपछि उपमहानगरपालिकाले खोप खरीद गरी लगाउन सुरु गरेको हो । खोप खरीद गरेसँगै हेटौंडा उपमहानगरपालिकाको ३ र १९ मा खोप लगाउने कार्य सकिएको छ ।

आइतबार दुई वडामा 'लम्पी स्किन डिजीज्' बिरुद्धको खोप लगाउने कार्य सकिएसँगै सोमबारबाट नगरका सबै वडाहरुमा पशुप्राबिधीकको सहयोगमा अभियानलाई अघि बढाइने कृषि तथा पशु शाखा प्रमुख गंगा चौलागाईले बताउनुभयो।

पहिलो चरणमा १ हजा ५ सय खोप खरीद गरी वडामा रोगको संक्रमण दर हेरर बितरण गरिएको छ भने  अपुग भए पुनः खरीद गरी गाईबस्तुमा खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ ।

गत चैत्रमा नगर क्षेत्रको ७, ११, १२, १७ र १८ नम्बर वडामा किसानले पालेको गाई र भैसीमा 'लम्पी स्किन डिजीज्' रोगको संक्रमण फेला परेको थियो। रोगका कारण पशुको ह्याकुला, पेटमा पानी जम्ने,  खुट्टाको हाडजोर्नी सुन्नीने, दुग्धको उत्पादन घट्दै जाने, पशुमा ज्वरोको मात्रा उच्च हुने जस्ता लक्षण देखिने शाखाले जनाएको छ ।

रोगका कारण उपमहानगर क्षेत्रमा ७० वटा गाई भैसीको मृत्यु भएको छ भने करिब १ हजार ७ सय बिरामी रहेको बताइएको छ ।