FAQs Complain Problems

लागत सहभागीतामा साना किसानलाई ट्रयाक्टर अनुदान

हेटौंडा उपमहानगरपालिकाले कृषि क्षेत्रमा लगानी गर्दै आएको सहकारीलाई अनुदानको ट्रयाक्टर बितरण गरेको छ । हेटौंडा–१९ बस्तिपुरमा रहेको साना किसान कृषि सहकारी सस्थालाई बुधबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाज्यूले ट्रयाक्टर हस्तान्तरण गर्नुभएको हो ।

उपमहानगरले हस्तान्तरण गरेको ट्रयाक्टर सहकारी सस्थाका अध्यक्ष सुनमाया दोङले बुझ्नुभएको हो। उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको ट्रयाक्टले सहकारीमा आवद्ध स्थानीयले गर्ने कृषिको काममा सहयोग पुर्‍याउने बिश्वास लिइएको छ । ट्रयाक्टर हस्तान्तरण गर्दै नगर प्रमुख उमा लामाज्यूले कृषि क्षेत्रको प्रबर्द्धनमा उपमहानगरले काम गरीरहेको बताइनु भयो।