विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौँडामा वृक्षरोपण गरिएको छ।
उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको आयोजनामा भएको वृक्षरोपण हेटौँडा–१ पाथीभरा मन्दिर जाने सडक छेउमा गरिएको हो। सडक छेउमा ठूला गुलमोहर, टिकुमा, बगेनभिलिया जातका १०० बढी फूलका बिरुवाहरू रोपिएका थिए।
वृक्षरोपण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाज्यूले वृक्षरोपणले भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण अभियान भएको बताउनुभयो। उहाँले वातावरण संरक्षणका लागि समुदायको सक्रिय सहभागिता जरुरी रहेको भन्दै बिरुवाको संरक्षणमा स्थानीय समुदायको जिम्मेवारी महत्वपूर्ण भएको बताउनुभयो। नगरलाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउने अभियानमा उपमहानगरपालिका निरन्तर लागिरहेको जानकारी दिनुभयो।



