FAQs Complain Problems

व्यवसाय दर्ता शिविरः ३ दिनमा १०६ व्यवसाय दर्ता, २२ प्रकृयामा

यस हेटौंडा उपमहानगरपालिकाको कार्यालयले करको दायरा बाहिर रहेका व्यवसाय दर्ताको लागि सञ्चालन गरेको शिविरमा १०६ व्यवसाय दर्ता भएका छन् । यस उपमहानगरपालिकाको कार्यालयको राजश्व परामर्श समितिले अनुगमका क्रममा वडाहरुमा दर्ता बिना व्यवसाय सञ्चालन गरी राजश्वको दायरा बाहिर रहेको पाएपछि व्यवासय दर्ता शिविर सञ्चालन गरेको छ। हेटौंडा–१९ नम्बर वडा कार्यालयबाट सुरु भएको उक्त शिविरमा बुधबारसम्म १०६ वटा व्यवसाय दर्ता भएको र २२ वटा दर्ता प्रकृयामा रहेको छ ।

यस उपमहानगरपालिकाको सबै वडामा तीन/तीन (३/३) दिन शिविर सञ्चालन गर्ने तयारी रहेको राजश्व प्रशासन शाखा प्रमुखले जानकारी दिनु भएको छ। अब व्यवसाय दर्ताको समय जति भएपनि पछिल्लो तीन (३) बर्षको शुल्क तिरेर उपमहानगरपालिकामा व्यवसाय दर्ता गर्न पाउँने सुबिधा उपमहानगरपालिकाले दिएको छ ।