हेटौंडा उपमहानगरपालिका ले सेफ्टी टंकी सफाइ सेवाका लागि आवश्यक सक्सन पम्प (सफाइ मेसिन) जडान गरेसँगै आजदेखि पुनः सेवा सञ्चालनमा ल्याएको छ।
गत भाद्र महिनामा भएको जेन्जी आन्दोलनका क्रममा उपमहानगरपालिका परिसरमा रहेको सफाइ टंकी तथा त्यसमा जडित सक्सन पम्पसहित केही सवारी साधनमा आगजनी भएपछि उक्त सेवा अवरुद्ध भएको थियो। जसका कारण उपमहानगरवासीले नियमित रूपमा प्राप्त गर्दै आएको सेफ्टी टंकी सफाइ सेवा प्रभावित बनेको थियो। सेवा अवरुद्ध भएपछि नागरिकलाई परेको असुविधालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले आवश्यक सफाइ मेसिन व्यवस्थापन गरी सेवा पुनः सञ्चालनमा ल्याएको हो।उपमहानगरपालिकाको वातावरण शाखाका अनुसार आजदेखि हेटौंडा उपमहानगर क्षेत्रभित्रका नागरिकलाई पुनः नियमित रूपमा सेफ्टी टंकी सफाइ सेवा उपलब्ध गराइनेछ।
स्थानीय तहबाट प्रदान गरिने आधारभूत सरसफाइ सेवाको निरन्तरता तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न उपमहानगरपालिकाले आवश्यक व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको वातावरण शाखाले जानकारी दिएको छ।
मिति: २०८३/१/३०
