FAQs Complain Problems

सहकारी नियमन अघि बढाउने दशै पालिकाको निर्णय

पछिल्लो समय आएको आर्थिक मन्दीसँगै सहकारीमा देखिएका समस्याले मानिसमा देखिएको अन्यौलतालाई रोक्नका लागि जिल्लामा रहेका सहकारीमा नियमित नियमन गर्ने निर्णय भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडामा भएको 'सहकारीको बर्तमान अवस्थामा आएको समस्या पहिचान र समाधान उपाय' सहितको अन्तरक्रियामा जिल्ला सहकारीको कारोवार अवस्थामा बेथिती देखिएको भन्दै नियमित नियमन आवश्यक रहेको महशुस गरिएको हो ।

मकवानपुर जिल्लाका दशै पालिका र सम्बन्धित शाखाका प्रमुखहरु सहभागी कार्यक्रमले सहकारीमा आएको बिकृतिको अन्त्यका लागि नियमनकारी निकायले अनुगमन गरी दण्ड र पुरस्कार अभियान अघि बढाउने निर्णय भएको बताइएको छ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्ट, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीसहित अन्य पालिकाका प्रमुख, प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।