FAQs Complain Problems

स्वच्छ र पोषण युक्त खाद्य पदार्थ उत्पादन सम्बन्धी तालिम सुरु

हेटौंडा बजारमा पाईने ‘जंक फुड’ का कारण बालवालिकाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भन्दै हेटौंडामा हेटौंडा उपमहानगरपालिकाको सहकार्य र बलियो नेपालको आयोजनामा घरेलु उत्पादनका सामग्री बाटै स्वच्छ र पोषण युक्त खाद्य पदार्थ उत्पादन गर्न सकिन्छ भन्ने सिकाउने तालिम सुरु गरिएको छ ।

मंगलबार देखी सुरु भएको बलियो महिला तथा उद्यमशिलता विकास तालिमको उद्‍घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाज्यूले महिलाहरुले आफ्नो क्षमताबाट हासिल गरेको शक्तिलाई सञ्चय गरे बलियो महिला बन्न सक्ने बताउनु भएको छ। पौष्टिक आहाराले महिलाहरुलाई स्वास्थ्य राख्नका साथै क्षमता विकासमा टेवा पुग्ने हुदाँ पौष्टिक आहारमा ध्यान दिन आग्रह गर्नु भएको छ।

यस उपमहानगरले महिलाहरुलाई शिक्षा, स्वास्थ्य राजनितिक लगायतका विभिन्न क्षेत्रमा बलियो बनाउन आगामी नीतिगत कार्यक्रम ल्याउने तयारी रहेको जानकारी दिनु भएको छ। साथै, निजी क्षेत्रसँगको समन्वयमा कुपोषण समस्या समाधान गर्न यस्ता प्रशिक्षणहरु प्रदान गर्दै महिला उद्यमशीलता कार्यक्रममा जोड्न लागि परेको नगर प्रमुखज्यूले बताउनु भएको छ।