FAQs Complain Problems

हेटौंडाको दुई वटा सडक नमुना मार्ग बन्दै

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र नमुना सडक निर्माण प्रकृया अघि बढेको छ। सहरी बिकास मन्त्रालय अन्तरगतको एकिकृत सहरी पुर्वाधार बिकास कार्यक्रम मार्फत नगरक्षेत्रमा रहेको दुई वटा नमुना सडक र एक वडा कार्यालय निर्माण हुन लागेको हो ।

मन्त्रालय मातहत रहेको सघन सहरी तथा भवन निर्माण आयोजना, चितवन मार्फत उपमहानगरपालिका क्षेत्रमा नमुना सडक सहित पुर्वाधार निर्माण हुन लागेको हो। सङ्घीय सरकारको सहरी विकास मन्त्रालय मार्फत १६ करोड रुपियाँको स्विकृत बजेट मार्फत हेटौंडा उपमहानगरपालिका-४ को रजतजयन्ती र हेटौंडा ७, ८ को सिमानाको सडकलाई नमुना बनाउने र हेटौंडा ६ नम्बर वडा कार्यालयको भवन निर्माण गर्न लागिएको नगर प्रमुख मीना कुमारी लामाज्यूले बताउनुभयो।

हेटौंडा उपमहानगरपालिका-४ को रजत जयन्ती मार्गलाई ४ लेनको सडकको रुपमा बिकास गर्दै दुबैतर्फ फुटपाथ बेरीयर, सडक बत्ती सहित अक्सपाल्ट पिच गरी व्यवस्थित सडक निर्माण गरीने तयारी रहेको छ। सडक ९५० मिटर लम्बाईको हुने छ।

आयोजना मार्फत हेटौंडा ७ र ८ को सिमाना क्याक्पाडाँडा पुलबाट हेटौंडा १५ तिनकुने चोक सम्मको कर्णावती सडक २ लेनको निमार्ण हुने छ। करिब ११ सय मिटर लम्बाईको सडकमा फुटपाथ, दुई तर्फ नाला, सडकबत्तीको व्यवस्था सहित निर्माण हुने छ। स्विकृत बजेटको सिमामा रहेर हेटौंडा ६ नम्बर वडाको एक तल्ले भवन निर्माण गरीने आयोजनाले जनाएको छ। आयोजनाले भौगोलिक अध्ययन पश्चात नमुना सडक र वडा कार्यालय भवन निर्माणका लागि गत चैत्र २० गते बोलपत्र आव्हान गरेको छ।

सङ्घ मार्फत पहिला आउने भनेको २५ करोड रुपियाँ मध्ये केही रकम कटेर आएकाले अहिले प्राथमितामा परेको हेटौंडा-१ को पीपलबोट, स्वर्गद्वारी मन्दिर हुँदै रक्त सञ्चार जाने सडकको काम नहुने सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ। सिलिङ बजेटमा कटौती हुँदा अहिले काम गर्न समस्या भएको हो, दोश्रो चरणमा सडकको कामलाई प्राथमितामा राखेर गरीने आयोजनाले जनाएको छ।