FAQs Complain Problems

हेटौंडा– ७ को वडा कार्यालय भवनको उद्घाटन

यस हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ को कार्यालय मा उचित भवनको अभावका कारण दैनिक कामकाजमा असहजता व्यहोरी रहेको कारण हेटौंडा उपमहानगरपालिका वडा नं ७ को नव निर्मित भवनको निर्माण गरी उद्घाटन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको लगानीमा करिव १६ महिना लगाएर निर्माण भएको ५ कोठे पक्की भवनको शुक्रवार हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नु भएको छ। भवनको उद्घाटन गर्दै नगर प्रमुखले जनतालाई सेवा दिनका लागि बनेको नयाँ भवनबाट चुस्त दुरुस्त काम गर्न सुझाब दिनु भएको छ।

राजमार्ग बिस्तारको कामसँगै हेटौंडाको स्वरुपमा परिवर्तन आउने, नगरका दुई वडामा आधारभूत अस्पताल सञ्चालन गरी सेवा दिने, बजार क्षेत्रका १० ठाउँमा हाइमाक्स लाइट जोड्ने काम अघि बढिरहेको नगर प्रमुखले बताउनु भएको छ ।

कार्यक्रममा भवनको उद्घाटन गर्दै उपमहानगरमा उपप्रमुख राजेश बानियाँले राम्रो भवन भन्दा पनि जनताको काम प्रति जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भएको छ। हेटौंडा उपमहानगरपालिका ७ का वडा अध्यक्ष दामोदर गौतमको अध्यक्षतामा भएको वडाकार्यालय उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत शिवराज चौंलागाई, वडा नं ३, ६, ८ र १३ का वडा अध्यक्ष लगाएतको आतिथ्यता रहेको थियो ।