FAQs Complain Problems

हेटौंडा उपमहानगरपालिकाको सहकारीहरुमा अनुगमन

बजारमा देखिएको आर्थिक मन्दीका कारण सहकारीमा परेको समास्याको बारेमा बुझ्न हेटौंडा उपमहानगरपालिकाले अनुगमन सुरु गरेको छ ।

उपमहानगरक्षेत्रमा रहेर कारोवार गरीरहेका सहकारीको सहकारीको पारदर्शिता, आर्थिक बिश्वसनियताको बारेमा बुझ्न मंगलबारबाट अनुगमन थालिएको हो । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको नेतृत्व रहेको टोलीले ७ वटा सहकारीको अनुगमन गरेको छ । अनुगमनका क्रममा सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेलले सहकारीले गरीरहेको कारोवारको अवस्था, शेयर सदस्यमा सहकारी प्रतिको विश्वसनियता, बजेट खर्चको शैली सहितका बिषयमा जानकारी लिएका थिए ।

अनुगमन टोलीले हेटौंडा–२ को साईराम, परिचय, हेटौंडा–१ को अग्रगती, हेटौंडा–१० को सुख समृद्धि, हेटौंडा–७ को हेटौंडा, सृजना बचत तथा ऋण र हेटौंडा २ मा रहेको ग्रामिण बहुउद्देश्यीय सहकारी सस्थाको अनुगमन गरेको हो । अनुगमनका क्रममा उपमहानगरले अहिलेको अवस्थामा सहकारीलाई परेको समस्या र हेटौंडा उपमहानगरपालिकाबाट समाधानका लागि हुन सक्ने सहजिकरणको उपायका बारेमा छलफल गरिएको थियो ।