FAQs Complain Problems

हेटौंडा उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसको अवसरमा माघ २५ बाट साताव्यापी कार्यक्रम घोषणा

हेटौंडा उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसको अवसर पारेर माघ २५ बाट साताव्यापी कार्यक्रम घोषणा गरीएको छ ।

उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले स्थापना दिवस मनाउनका लागि गठन गरेको अतिरीक्त क्रियाकलाप समितिको बैठकले माघ २५ गते हेटौंडा–७ को नागस्वती खेल मैदानमा पुरुष/महिला फुटबल, माघ–२६ गते हेटौंडा–४ हुप्राचौरमा महिला/पुरुष भलिवल, माघ–२७ गते महिला पुरुष डण्डि बियो, माघ २८ गते टोल बिकास संस्था नगर र वडा समन्वयसँग मियुजिकल चियर प्रतियोगिता गर्ने भएको छ ।

त्यस्तै दिवसको अवसरमा उपमहानगरले सञ्चालन गर्दै आएको ‘सफा हेटौंडा अभियान’ अन्तर्गत हेटौंडा–१० बसपार्क क्षेत्रमा सरसफाई सहित माघ २९ गते रक्तदान कार्यक्रमको तयारी गरेको समितिका संयोजक तथा हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानले बताउनु भएको छ ।

नगरको कार्यपालिका बैठकले स्थापना दिवसलाई भव्य रुपमा मनाउनका लागि नगर प्रमुख मिनाकुमारी लामाको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ । समितिको सह–संयोजकमा नगर उपप्रमुख राजेश बानियाँ र सदस्यहरुमा १९ वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु रहेको समितिका सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई रहनु भएको छ ।

मुल समारोह समितिले उपमहानगरको ५४ वर्षको इतिहासबारे जानकारी गराउनका लागि पालिकाका प्रवक्ता तथा हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपाने संयोजक रहेको स्मारीका प्रकाशन समिति, हेटौंडा–६ का अध्यक्ष बिष्णुबहादुर दाहाल संयोजक रहेको सम्मान तथा शिष्टाचार समिति, प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाइ संयोजक रहेको नगर दिवस व्यवस्थापन समिति गठन गरिएको छ ।

स्मारीका प्रकाशन समितिको सदस्यमा उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, नगरप्रमुख सचिवालयका प्रमुख जगन्नाथ सापकोटा, नगर प्रमुखका प्रेस संयोजक राजन दाहाल र सुचना प्रविधि अधिकृत भानुभक्त थपलिया रहनु भएको छ । सम्मान तथा शिष्टाचार समितिको सदस्यमा हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का, हेटौंडा-१६ का अध्यक्ष रामकृष्ण कोइराला, कार्यपालिका सदस्य इश्वरी विक, नगरसभा सदस्य रञ्जु लामा र सदस्य सचिवमा उपमहानगरका प्रशासन प्रमुख शान्ती बिक रहनु भएको छ।

अतिरिक्त कृयाकलाप समितिको सदस्यमा कार्यपालिका सदस्य साधना श्रेष्ठ, नगरसभा सदस्य सविना बिडारी, सन्तुमाया पाख्रिन, इन्द्रप्रसाद रिजाल रहनु भएको समितिको सदस्य सचिवमा बसन्तकुमार सिटौंला सदस्य सचिव रहनु भएको छ। स्थापना दिवसको लागि गठित नगर दिवस व्यवस्थापन समितिको सदस्यमा सबै महाशाखा प्रमुख, आर्थिक प्रशासन, कृषि, सूचना प्रविधि, फोहर मैला तथा व्यवस्थापन, समन्वय शाखाका प्रमुखहरु र नगर प्रहरी इन्चार्ज रहेका छन् । 

कार्यपालिका बैठकबाट स्थापना दिवस मनाउँनका लागि समिति गठन गरिसकेपछि सबै समितिहरुले जिम्मेवारी पुर्वक कामलाई तिव्र गतिमा अघि बढाएका उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिनु भएको छ । उपमहानगरले तत्कालिन नगर पञ्चायतको २०२६ फागुन १ गते बसेको बैठकलाई आधार मानि स्थापना दिवस मनाउने तायारी गरेको प्रवक्ता सबिन न्यौपानेले बताउनु भएको छ।