हेटौंडा उपमहानगरपालिका-१३ मा सुरु भएकाे छैठाैं मेयरकप फुटबल प्रतियोगिता-२०८३ काे उद्घाटन गर्नुहुँदै नगर प्रमुख मीनाकुमारी लामा ज्यु ।
उपमहानगरले खेलाडी उत्पादन गर्ने उदेश्य अनुसार हरेक बर्ष सञ्चालन गर्दै आएकाे प्रतियोगितामा १५ वटा वडाकाे सहभागीता रहेकाे छ । उद्घाटन खेलमा हेटौंडा ७ ले १६ लाई ३-१ गाेलले पराजित गरेकाे छ ।
प्रतियोगितामा बिजेताले नगद २ लाख र उपबिजेताले १ लाख रुपैयाँ सहित शिल्ड मेडल प्राप्त गर्ने छन् । उद्घाटनमा उपमहानगरका बिभिन्न वडाका अध्यक्षहरुकाे उपस्थिति थियाे ।





