FAQs Complain Problems

हेटौंडा ६ र १७ मा बजार अनुगमन

चाडपर्व नजिकिदै जाँदा बजारमा उपभोग्य सामग्रीको अभाव र मुल्यवृद्धि नियन्त्रणका लागि यस उपमहानगरपालिकाको कार्यालयद्वारा बजार अनुगमन गरिएको छ।

उपमहानगरपालिकाद्वारा गठन गरिएको बजार अनुगमन समितिले हेटौंडा ६ र १७ का बिभिन्न पसल तथा व्यापारिक केन्द्रको अनुगमन गरेको छ। अनुगमन समितिका संयोजक तथा हेटौंडा–१ का वडा अध्यक्ष सबिन न्यौपानेज्यूको नेतृत्वमा दुई वडाका ११ वटा पसल अनुगमन भएको छ।

टोलिले खाद्यान्न, मदिरा, डेरी, होटल लगाएतकको अनुगमन गरेको थियो। अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि महेशकुमार अर्याल, घरेलु तथा साना उद्योग कार्यालयका लेखमान राउत, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा, मकवानपुर उद्योग बाणिज्य संघका सुजन सुवेदी सहित पत्रकार, प्रहरी, उपमहानगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।