१९औं नगर सभा सम्पन्न
आज मिति २०८३।०३।०९ गते हेटौंडा उपमहानगरपालिकाको १९औं नगर सभा भव्य रूपमा सुरु भएको छ।सभामा आगामी आर्थिक वर्ष २०८३/८४का लागि महत्त्वपूर्ण नीति, कार्यक्रम तथा बजेट र क्षेत्रगत कार्यक्रम सुत्र सफ्ट्वयरमा सबै इन्ट्रिभैसकेको बजेट पुस्तक प्रस्तुत गर्दै विस्तृत छलफल अगाडि बढाइएको छ।
नगर प्रमुखको अध्यक्षतामा सञ्चालन भएको उक्त सभामा उपप्रमुख श्री राजेश बानियाँज्यूले आगामी आर्थिक वर्षको अनुमानित बजेट तथा राजस्व परिचालनको लक्ष्य सहित रु. २,८५,०५,००,००० प्रस्तुत गर्नुभएको थियो भने नगर प्रमुख श्री मिना कुमारी लामाज्यू ले नगरको समग्र विकासको खाकासहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो।
थप समाचारको लागि तलको लिंकमा क्लिक गर्नुहोलाः https://shorturl.at/j0eNs
See less






