FAQs Complain Problems

अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

यही मिति २०७१/९/२१ गते साबिक तथा बृहत्तर हेटौँडाको भू उपयोग योजना, नगर यातायात गुरुयोजना तर्जुमा र हाल कार्यान्वयनमा रहेको भवन तथा योजना मापदण्डको अद्यावधिक सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता हेटौँडा उपमहानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत भगवान अर्यालले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारीज्यूले गर्नु भएको थियो भने नेपाल नगरपालिका संघका अध्यक्ष डोर मणि पौडेलले विशेष आतिथ्यता गर्नु भएको थियो। उक्त कार्यक्रममा नगर तथा वडा स्तरीय राजनीतिक संयन्त्रका प्रतिनिधि, स्थानीय तहका सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको विषयमा अन्तरक्रिया तथा छलफल पनि भएको थियो।